Logo

लिभरपुल र टोटनह्याम हट्सपरले बराबरी खेले



काठमाडौं, २२ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरसँग २÷२ गोलको बराबरी खेलेको छ ।

गएराति लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीका मोहोमद सालाहले दुई गोल गर्दा टोटनह्यामका भिक्टर वान्यामा र ह्यारी केनले एक–एक गोल गरे ।

खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई केनले गोलमा बदलेपछि टोटनह्यामले सम्भावित हार टारेको हो । प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा क्रिष्टल प्यालेस र न्युकासल युनाईटेडले १÷१ गोलको बराबरी खेलेका छन् ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज वाट्फोर्ड र चेल्सी भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्