Logo

बार्सिलोना ला लिगामा बराबरीमा रोकियो



काठमाडौ, २२ माघ । स्पेनिस ला लिगाको लिड लिडर बार्सिलोना तुलनात्मक रुपमा कमजोर टिम इस्पानोयलसँग बराबरीमा रोकिएको छ ।

इस्पानोयलको मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमको एक गोलको अग्रतालाई बराबरी गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा इस्पानोयलका गेरार्ड मोरेनोले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर ८२ औं मिनेटमा जेरार्ड पिकेले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

त्यसपछि दवैै टिमबाट गोल हुन सकेन र बार्सिलोनाले सिजनमा चौथो खेलमा बराबरी खेल्यो । अर्को खेलमा बार्सिलोनालाई पछ्याइरहेको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १–० ले हरायो ।

उसको जितमा एञ्जेल मार्टिनले निर्णायक गोल गरे । बराबरीपछि बार्सिलोनाको २२ खेलबाट ५८ अंक भएको छ भने एथ्लेटिको मड्रिडको ४९ अंक छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्