माघ २३, काठमाण्डौ । सात प्रदेशमध्ये चारवटामा सरकार बनाउन लागेको नेकपा एमालेभित्र विवाद उत्कर्षमा पुगेको छ । प्रदेश नम्बर पाँचमा शंकर पोखरेललाई चुनौति दिने कोही नभए पनि बाँकी तीन प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढि सासंदले दाबी गरेपछि विवाद देखिएको हो ।
प्रदेश नम्बर चारमा दुई गुरुङबिच जुँगाको लडाई छ । पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङको दाबी छ ।
४ मा अध्यक्ष ओली खेमाकै नेताहरु किरण र पृथ्वी सुब्बा नै रेसमा देखिएका हुन् । ओलीले एक जनालाई वाकओभर गर्न सुझाएपनि दुवै नेता यो मान्ने पक्षमा छैनन् । उनीहरुले जसरी पनि मुख्यमन्त्रीमा आफू ब्याक नहुने सन्देश पार्टी नेतृत्वलाई दिईसकेका छन् । यता नेतृत्वले भने आलोपालो गरेर चलाउन दुवै नेतालाई सुझाएको छ । तर उनीहरुले मानेका छैन ।
अन्ततः चारमा सासंद किनबेचकै खेल हुन सक्ने आशंका गरिएको छ ।
तर पृथ्वीसुब्बा गुरुङले आफू नै मूख्यमन्त्री बन्ने दाबी गर्दै बधाई दिए पनि फरक नपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गुरुङले मुख्यमन्त्रीमा आफूले कसैलाई पनि नछोड्ने बताए ।
अर्का दाबेदार किरण गुरुङलाई छोड्ने सम्भावना कति छ भन्ने प्रश्नमा उनले भने, “भन्न त सबैले भन्छन् । मैले पनि भनेको छु । किरणजीले पनि भन्नुभएको छ । तर प्रतिस्पर्धामा उत्रिएपछि पछाडि हट्ने कुरा हुँदैन ।”
माघ २८ गते संसदीय दलको बैठक बस्न लागिएको जानकारी दिदै गुरुङले त्यसबेलासम्म सहमतिको प्रयास गरिने बताए । सहमति नभए लोकतान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिने बताए ।
आफू प्रदेश नम्बर चारको आवश्यकता, चाहना र एमालेकै चाहना अनुसार मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशसभामा चुनाव लडेको उनको भनाई छ ।
लमजुङबाट प्रदेशसभा चुनाव जितेका पृथ्वीसुब्बाले किरण गुरुङले पछि आएर मुख्यमन्त्रीको दाबी गरेको आरोप लगाए । मंसिर १० गते नै चुनाव भएको र आफू मूख्यमन्त्रीको दाबीसहित चुनाव लडेको थाहा हुँदा हुँदै मंसिर २१ गते चुनाव भएको तनहुँमा किरणले पनि प्रदेशसभा चुनाव लडेर मुख्यमन्त्रीको दाबी गर्नु गलत भएको जिकिर गरे ।




प्रतिक्रिया