Logo

सुर्खेत–कर्णाली सडक सञ्जाल सांसदको विशेष प्राथमिकतामा



लंकराज धमालाः कालिकोट, २३ माघ ।

सुर्खेत–कर्णाली जोड्नको लागि दैलेख हुँदै जुम्ला जोड्ने सडकलाई प्राथमिकता दिने सांसदहरुले प्रतिवद्धता जनाएका छन । कर्णालीको पर्यटन प्रवद्र्धनकासाथै यात्राका लागि छिटो छरितो पर्ने भएकोले यो सडकलाई प्राथमिकतामा पार्ने उनीहरुले प्रतिवद्धता जाहेर गरेका हुन ।

जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्द्रबहादुर महतको पहलमा सुर्खेतमा बसेको कर्णालीका सांसदहरुको भेलाले कर्णाली हुँदै उत्तरी नाका जोड्नको लागि दैलेख महावुहुँदै जुम्ला जोड्ने सडकलाई राष्ट्रिय योजनाका रुपमा अघि बढाउनेको लागि छलफल भएको हो । छलफलमा बोल्दै पूर्व सांसद मोहन बानियाँले उत्तरी छिमेकी राष्ट्र नाका जोड्नको लागि छोटो दुरीे भएकोले सबैले एकाकार भएर लाग्नु पर्ने बताए । उनले भने,‘कर्णालीको समृद्धिका लागि यो सडकले टेवा पुर्याउनेछ ।

त्यस्तै पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले दैलेख हुँदै कर्णाली जोडिन लागेको सडक निर्माण कार्यलाई छिटो छरितो अघि बढाउनको लागि सवै एकढिका भएर अघि बढ्नु पर्ने बताए । उनले कालिकोटको महावु हुँदै अघि बढेको उत्त सडक निर्माणका क्रममा आवश्यक पर्ने सबै सहयोग गर्ने वचन दिएका छन् ।

जुम्लाका प्रदेश सांसद नरेश भण्डारीले कर्णालीलाई जोड्ने सहज सडक अहिलेको आवश्यकता भएको भन्दै निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाउनको लागि आग्रह गरेका छन् । उनले भने,‘यसको मोडालिटी र पूर्व तयारीका बारेमा डिजाईन र वजेट व्यवस्थापनमा सवैको चासो हुन जरुरी छ । उनले सडकलाई प्रथामिकतामा पार्न प्रदेश र प्रतिनिधी सभा सदस्यले विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोडदिए । उनले दैलेख जिल्लाको सांसदले बढि जोड दिएर सबैले साथ दिएको खण्डमा छोटो समयमा सडक निर्माण कार्य सम्पन्न हुनेछ ।

कालिकोटका प्रदेश सांसद कुर्मराज शाहीले सुर्खेत जुम्ला, दैलेख मात्र नभई सम्रग कर्णालीको सडक संञ्जाल बिस्तार गर्नेका लागी प्रदेश स्तरीय समिति गठन गरि स्थलगत अध्ययन गरेर डिजाइन अनुसार रणनीतिक योजना बनाएर अगि बढ्नुपर्ने बताए । सडकलाई राष्टिय योजनाका रुपमा अघि बढाउने भन्ने विषयमा बृहत वहस गरेर छलफल गनुपर्ने बताए ।

दैलेखका प्रदेश सांसद अमरबहादुर थापाले दैलेख र कर्णालीको सम्वन्ध स्थापित गर्न यो सडक निर्माण कार्यमा जोडपर्ने बताए । उनले महावु सम्म ट्रयाक खोलिसकेको र स्तरोन्नतीका लागि पहल भईरहको भन्दै महावु हुदै कर्णाली जोड्नका लागि पहल हुनुपर्ने बताए ।

उनका अनुसार कर्णाली राजमार्ग भन्दा झण्डै ७९ किलोमिटर छोटो पर्ने छ । यो सडकलाई राष्ट्रिय महत्वको रुपमा हेर्नको लागि प्रतिनिधी सभा सदस्यहरुले पहल गर्नुपर्नेमा जोडदिए । छलफलमा ६ नम्वर प्रदेशका अधिकांस सांसदहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्