Logo

नामिबियाविरुद्ध नेपालको उत्कृष्ट बलिङ, नेपाललाई १३९ रनको टार्गेट



२५ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

विन्डहोकमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । पहिलो ओभरबाटै घरेलु टोलीलाई दबाबमा राखेको नेपालले घरेलु टोलीलाई ३४.२ ओभरमा १३८ रन बनाउँदा अलआउट बनायो ।

उसका क्रेग विलियम्सले सर्वाधिक ४१ रन बनाए । उनले जेपी कोट्जेसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । गि्रन र जान फ्राइलिंकले समान २२ रन जोडे ।

नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने एक्लैले चार विकेट लिए ।८.२ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र १८ रन दिएका थिए ।

सोमपाल कामीले ३ विकेट लिए .

आजको बलिङमा सात जना खेलाडि प्रयोग भए । जसमा ६ जनाले विकेट लिन सके । करण केसीले तीन ओभरमै २२ रन दिए, विकेट लिएनन्, त्यसपछि बलिङ गराइएन । विकेट लिन सफल खेलाडिहरुमा सन्दिप, सोमपाल, पारस, बसन्त र शरद रहेका छन् ।

नेपालका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन मात्र खर्चेर ४ विकेट झारेका हुन्। ७ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३५ रन खर्चे।

सोमपालले दुवै ओपनरलाई बउट गर्दै नेपाललाई गतिलो सुरुवात दिएका थिए। यस्तै बसन्त रेग्मी, कप्तान पारस खड्का र शरख भेषावकरले १-१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस्