Logo

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय



ढाका, २५ माघ (रासस/सिन्ह्वा) : बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ ।

भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो ।कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् । 

अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ । बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ ।”

उहाँले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताउनुभयो । खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो ।

सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बन्नु भएको थियो । जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफु र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्