कलाकार राजेन्द्र खड्गी पक्राउ

0
Shares

काठमाडौं २६ माघ । मानवतस्करीको आरोपमा कलाकार एवम्ं द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन्। दक्षिण कोरियामा कार्यक्रममा सँगै लगिएका केही मानिसहरु उतै छाडेर आएको आरोप खड्गीमाथि छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खड्गीलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले खड्गीलाई मानव बेचबिखनको मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको जानकारी दिए।

उनका अनुसार खड्गीले अन्य मुलुकमा पनि मानिसहरु लगेर छाडेको विषयमा समेत अनुसन्धान अगाडी बढेको छ । डीआईजी कार्कीले अन्य केही कलाकारको नाम समेत मानव तस्करीमा जोडिएको विषयमा सीआईबीले अनुसन्धान गर्ने बताए ।

उनले भने,‘ खड्गीको नाममा उजुरी परेपछि छानबिन गर्दा प्रारम्भीक चरणमा उनी दोषी देखिएका छन् । अन्य केही कलाकारका पनि नाम आएका छन् । हामी अनुसन्धान गर्दैछौं ।’ अन्नपूर्णपोष्टबाट