Logo

प्रदेश ३ को एमाले संसदीय दलको नेतामा पौडेल विजयी



काठमाडौँ, २६ माघ । प्रदेश ३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निवार्चित भएका छन् । शुक्रबार भएको मतदानमा पौडेलले उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन् । पौडेल ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । शाक्यले २४ मत पाईन् ।

दलको नेता छान्न सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज विहान मतदान भएको हो।

तस्विर : हेमन्त श्रेष्ठ/EKANTIPUR.COM



प्रतिक्रिया दिनुहोस्