Logo

नेपालको ब्याटिङ आज पनि कमजोर, १३८ रनमै अलआउट



२६ माघ, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको हो।

शरद भेषावरकले सर्वा्धिक २२ रन बनाएको नेपाली इनिङ्समा दिपेन्द्र सिंह ऐरिले २०, दीलिप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए। सोमपाल कामी १७ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वा्धिक ४ तथा बिलाल खानले २ विकेट लिए।
संयोग
हिजो नमिबियाले पहिला ब्याटिङ गर्दा नेपाललाई १ सय ३९ रनको चुनौति दिएको थियो । आज नेपाले पहिला ब्याटिङ गर्दा ओमानलाई १ सय ३९ रनकै चुनौति दिएको छ ।

यही लक्ष्य हिजो नेपालले निकै मुस्किलले भेटाएको थियो । अब आज ओमानलाई नेपाली बलरले लक्ष्य भेटाउनबाट रोक्न सक्छन्े या सक्दैनन्, त्यो हेर्न बाँकी छ ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्