Logo

संसदीय दलको नेतामा देउवा आँफै उठ्ने, टक्कर दिँदै प्रकाशमान



काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा आँफै उठ्ने भएका छन् ।

संसदीय दलको नेतामा देउवाले सर्वसम्मती भए महामन्त्री डा. सशांक कोइरालालाई अघि सार्ने भनिएको थियो । तर, देउवा समूहकै नेताहरुले तपाई आँफै उठ्नुहोस् भनेपछि देउवाले सोही अनुसार तयारी थालेका छन् । युवा नेता दिपक खड्काले शेरबहादुर देउवालाई भेटेर सर्वसम्मती रुपमा नेता बनाउन कन्भिन्स गरिरहेका छन् ।

देउवा चुनावी मैदानमा उत्रिने भएपछि उनीसँग प्रतिष्पर्धामा प्रकाशमान सिंह उठ्ने भएका छन् । धेरै पहिल्यैदेखि सिंहले आफू संसदीय दलको नेतामा उठ्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

हुन त देउवालाई यो पटक संसदीय दलको नेतामा महामन्त्री सशांकलाई छोडिदिन आग्रह गरिएको बुझिएको छ । युवा नेता दिपक खड्काले पटक–पटक भेटेरै देउवालाई ब्याक हुन कन्भिन्स गरे । तर देउवा कन्भिन्स भएनन् । उनी आँफै मैदानमा उत्रिने पक्का भएको छ ।

देउवा निकट नेताहरु बालकृष्ण खाँड, डा. प्रकाशशरण महत लगायतले देउवालाई उम्मेद्धवारी दिन आग्रह गरेका हुन् । अहिले महामन्त्री कोइरालालाई दलको नेता बनाउन नहुने देउवालाई उनीहरुले सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्