Logo

एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित



बिराटनगर, २६ माघ । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । दलको नेता चुन्न एमालेले आन्तरिक चुनाव गरेको थियो ।

संसदीय दलको नेतामा राईसँगे भीम आचार्य भिडेका थिए। आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् । राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । एक मत भने बदर भएको छ ।



प्रतिक्रिया दिनुहोस्