Logo

इङ्गलिस प्रिमियर लिगमा आज ६ खेल



काठमाडौं, २७ माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै छन् । २७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार आज साँझ सवा ६ बजे टोटनह्याम र आर्सनल भिड्दै छन् ।

४९ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको टोटनह्याम र ४५ अंकका साथ छैठौं स्थानमा रहेको आर्सनलबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी राति पौने ९ बजे चार वटा खेल हुँदै छन् । एभर्टन र क्रिस्टल प्यालेस, स्टोक सिटी र ब्राइटन, स्वान्सी र बर्नले तथा वेस्टह्याम युनाइटेड र वार्टफोर्ड भिड्ने छन् । त्यसैगरी आजै राति सवा ११ बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आठौं स्थानको लेस्टर सिटीको सामना गर्दै छ ।

 



प्रतिक्रिया दिनुहोस्