Logo

१३२ कलाकारको सामूहिक स्वरमा रहेको ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ विमोचित



काठमाडौं, २७ माघ । मध्य तथा सुदुरपश्चिमका बहुचर्चित एक सय ३२ कलाकारहरुको सामुहिक स्वरमा समर्पित ऐतिहाँसिक देउडा ‘गीत २०७४ न्याउल्या…’ को हिजो विमोचन भएको छ ।

काठमाडौंको राष्ट्रिय नाँचघरमा उक्त गीतको विमोचन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेत, भौतिक योजनामन्त्री वीरबहादुर बलायर र नेपाल प्रहरीका एआईजी जयबहादुर चन्दले संयुक्त रुपमा उद्धघाट्न गरेका हुन् ।

बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोको प्रस्तुतिमा भुवन प्रकाश बडुको एकल प्रयासमा उक्त गीत तयार पारिएको हो । गीतको विमोचन गर्दै अतिथिहरुले सफलताको शुभकामना दिएका थिए ।

सुदुरपश्चिमको मौलिक भाकामा रहेको उक्त देउडा गीतमार्फत आफ्नो भाका, संस्कृतिको सरंक्षण एवम् प्रवद्र्धन गर्ने हेतुले तयार पारिएको बडुले विश्वास दिलाएका छन् ।

उक्त गीतको संगित–संयोजन तथा परिकल्पना बडुको रहेको छ भने शब्द संकलन भने टेकबहादुर ऐरले गरेका छन् । त्यस्तै लय संकलन एम.के. ठकुराठीको रहेको छ । गीतको भीडियोको छायांकन तथा सम्पादन अमन बडु, रेकर्ड तथा मिम्सिङ जीवन बडु, निर्देशन दिपक जोशी रहेको । त्यस्तै गीतमा देवु बोहरा, मेरिना लगायतले अभिनय गरेका छन् । त्यस्तै प्रस्तुतकर्तामा माही बडु रहेकी छिन् ।

विमोचन कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरिशरण लामिछानेले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्