Logo

नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान लामाको सफल शल्यक्रिया



काठमाडौं, माघ २८ : नेपाली राष्ट्रिय फुटवल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आज बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो ।

लामाको आइतबार देखीनै फिजियोथेरापि शुरु गरिने र उनी उपचारपछि ६ देखी ८ महिनामा खेल मैदानमा फर्कने डा.चक्रराज पाण्डेले बताउनुभएको छ ।

धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल परिवारले लामाको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।



प्रतिक्रिया दिनुहोस्