Logo

दैलेख साँस्कृतिक महोत्सव २०७४ भोलिदेखि, बद्री पंगेनी र अन्जु पन्तको विषेश प्रस्तुति रहने



माघ, २८ दैलेख । रिपोर्टर्स क्लब नेपाल, शाखा दैलेको आयोजनामा भोलिदेखी साँस्कृतिक महोत्सव शुरु हुने भएको छ । अनाथ बालबालिकाको सहयोगार्थ संचालन हुन लागेको दैलेख साँस्कृतिक महोत्सव २०७४ मा स्थानिय तथा राष्ट्रिय कलाकाहरुले बेजोड प्रस्तुति दिनेछन् ।

मेला स्थल काँडाचौरमा फ्रि वाइफाईको सुविधा दिइने आयोजकले जानकारी दिएको छ । भोलि माघ २९ गते सोमबारबाट शुरु हुने साँस्कृतिक महोत्सवमा आउने दर्शकहरुको सुविधाको लागि फ्रि वाइफाईको व्यवस्था गरिएको महोत्सव संयोजक गोविन्द केसीले जानकारी दिएका छन् ।

उनका अनुसार महोत्सव स्थलको सुरक्षाको लागि सिसि क्यामेरा जडान गरिने भएको छ । व्यापापिरक प्रयोजनका लागि राखिएको स्टल, मञ्च तथा बाहिरी सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको केसीले बताए ।

दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनीधिसभा सदस्य रविन्द्रराज शर्मा द्धारा उद्घाटन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महोत्सवका लागि कलाकार छनौट, प्रचार प्रसार, स्थानीय स्तरका कलाकारहरुको टुंगो तथा विभिन्न व्यवस्थापनका कामहरु सकिएको महोत्सवमुल समाहरोह समितिले जानकारी दिएका छन् ।

पर्यटन,स्थानीय कला सँस्कृती, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको दैलेख सांस्कृतिक महोत्सव मुल समाहरोह समितिका संयोजक केसीले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आर्थिक तथा कलाकार संयोजक अविशेक अनुरागले जानकारी दिएका छन् । उनका अनुसार चर्चित गायीका बद्री पंगेनी, अञ्जु पन्त, केदार घिमिरे माग्ने बुढा, दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगायतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने अनुरागले बताए ।

अघिल्ला वर्षहरुका महोत्सवहरुमा बाहिर जिल्लाबाट स्टलमा आउने ब्यापारिबाट स्थानीय ब्यापारिलाई परेको असरलाई मध्यनगर गर्दै स्थानीय ब्यपारिका लागि मात्र स्टल उपलब्ध गराएको आयोजकले जनाएको छ ।

जिल्ला भित्र रहेका अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचार९प्रसारका लागि दैलेखमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । माघ २९ गतेबाट संचालन हुने दैलेख सांस्कृतिक महोत्सवको आयोजना रिर्पोटर्स क्लव शाखा दैलेखले गरेको हो ।

८ दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय स्टल रहने र १२ लाख दर्शकहरुले अवलोकन अनुमानगरिएको छ । महोत्सवमा जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्