Logo

इङ्गलिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी



काठमाडौं, माघ २८ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल पराजित भएको छ ।

गएराती भएको खेलमा आर्सनललाई टोटनह्याम हट्सपरले १-० ले हराएको हो ।टोटनह्यामको मैदान वेम्बलेमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन ह्यारी केनले ४९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

गएराती भएको अर्को खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई ५-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले ४ गोल गरेभने राहिम स्टर्लीङले एक गोल थपे । लेष्टर सिटीका जेमी भार्डीले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलकै अन्य खेलहरुमा एभर्टनले क्रिष्टल प्यालेसलाई ३-१ ले हराँउदा वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई २-० ले तथा स्वान्सी सिटीले बर्न्लेलाई १-० ले हराए । स्टोक सिटी र ब्राईटनले भने १-१ गोलको बराबरी खेलेका छन् ।



प्रतिक्रिया दिनुहोस्