Logo

भारतीय प्रधानमन्त्री मोदी युएइ भ्रमणमा



दुबाई, २८ माघ  : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुग्नु भएको छ ।

खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उहाँ युएइ आउनु भएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन ।

युएइको सैनिकका उप सर्वोच्च कमाण्डर सेख मोहम्मद बिन जायद अल नाहयानले मोदीलाई राजधानी अबुधावीमा स्वागत गर्नु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“मोदीको भ्रमणले दुई देशको निकै पुरानो र ऐतिहासिक सम्वन्धलाई थप बलियो र मित्रवत बनाउने देखाएको छ,” मोहम्मद बिन जायदले ट्विटरमा लेख्नु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको युएइ भ्रमणका क्रममा विषेश गरेर उर्जा, जनशक्तिलगायतका क्षेत्रका झण्डै १२ देखि १४ वटा सम्झौताहरुमा हस्ताक्षर हुने अपेक्षा गरिएको दुबई डेली गल्फ न्युजले समाचार लेखेको छ ।

युएइको सवै भन्दा ठूलो सहर दुवईमा आइतबारका दिन प्रधानमन्त्री मोदीले विश्व सरकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

भारतीय सरकारको उच्च स्तरीय नेताहरुमा झण्डै ३४ बर्षपछि सन् २०१५ मा मोदीले युएईको भ्रमण गर्नु भएको थियो ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्