Logo

युएइ र नेपालबिच खेल सुरु, ३४ ओभरको खेलमा नेपाल फिल्डिङ गर्दै



माघ २८, काठमाण्डौ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरव इमिरेटस युएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ ।

मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो ।
खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ ।

नेपाली समय अनुसार ४ स् १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए ।
नेपालले आइतबार यूएईसँग खेल्ने खेल डिभिजन टू मा तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेको थियो भने ओमानसँग पराजित भएको थियो ।

वर्षाका कारण तीन घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।
विन्डहक स्थित मैदानमा नेपाली समय अनुशार सवा १ बजे सुरु हुने तय भएपनि मैदानमा जमेको पानी नसुकेपछि खेल केही समय ढिला हुने भएको हो ।

अघिल्ला दुई खेलमध्य एकमा जित र एकमा हार ब्यहोरेको नेपाललाई विश्वकप छनोटको यात्रा सहज बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ । यस्तै एकमा जित र एकमा हार ब्यहोरेको युएई पनि जित्नै पर्ने दबाबमा छ ।



प्रतिक्रिया दिनुहोस्