Logo

पुष्पा खनालले ल्याईन आमाको सम्झनामा कारुणीक गीत



काठमाण्डौ, २९ माघ । गीतकार पुष्पाखनालको नयाँगीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ । आफ्नी आमाको सम्झनामाउनले यो गीतल्याएकीहुन् । आफ्नी आमा दमन्ता खनाल दिवंगत भएको वार्षिक दिनमा आमालाई श्रद्धाञ्जली व्यक्तगर्न गीत सार्वजनिक गरिएको गीतकार खनालले बताईन् ।
उनले भनिन् “लेख्दा आफ्नी आमालाई सम्झेर लेखेँ, अब सबै आमाहरूमा समर्पण गर्न चाहन्छु ।”

यस गीतमा लक्ष्मण शेषको सङ्गीत र विन्दु परियारको स्वर रहेको छ । सङ्गीत गर्ने क्रममा आफ्नी आमाको धेरै यादआएको र त्यो पीडालाई सङ्गीत मार्फत् उतार्न निकै कठीन भएको सङ्गीतकार लक्ष्मण शेषले बताए ।

सबै दिवंगत आमाहरू प्रति समर्पित यो गीत मार्फत् मानिसको जीवनमा आमा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा खनालले व्यक्त गरेकी छन् । आमा साथैमा भएपनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको र त्यही महसूस हुने गरी आफूले स्वर दिने कोशिष गरेको गायिका विन्दु परियारले बताइन् ।

गीतकारले अमेरिका बसाइका क्रममा एक महिनाअघि मात्र लेखेकीहुन् । दुई दशक देखि गीत, सङ्गीत, कविता, कथा मार्फत् साहित्य सिर्जनामा लागेकी पुष्पाकादुई वटा एल्वम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल) मार्फत् दर्जन बढी गीतहरू बजारमा आएका छन् । त्यस्तै गीत, कविताहरू सङ्ग्रहित पुस्तक ‘पोखिँए यसरी’ पनि सार्वजनिक भइसकेको छ ।

अन्जु पन्तको स्वर र गोविन्दमधुर आचार्यको सङ्गीत रहेको उनको गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ ले सात महिनामा पिआरविटी मार्फत् सर्वाधिक रोयल्टी प्राप्त गरेको थियो ।

https://www.youtube.com/watch?time_continue=64&v=tYM9M_D4GQI



प्रतिक्रिया दिनुहोस्