Logo

आईसीसी विश्व क्रिकेट लिगमा आज नेपालले केन्यासँग खेल्ने



काठमाडौं, २९ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटको चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ ।

प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार बेहोरेको नेपाल आज तेस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा आनेमनसँग पराजित भएको थियो ।

हिजो भएको तेस्रो खेलमा भने नेपालले परिचित प्रतिद्वन्द्वी युनाईटेड अरब ईमिरेट्स युएईलाई ४ विकेटले हराएको हो ।



प्रतिक्रिया दिनुहोस्