Logo

माओवादीले राष्ट्रपतिमा शेरचनलाई अघि सार्ने, एमालेबाट झलनाथ !



काठमाडौं, २९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनबारे प्याकेजमै सहमति गर्ने तयारी गरेका छन् ।

तत्काल पार्टी एकता हुने संभावना नरहेपछि दुवै दलका शीर्ष नेताहरु सरकार गठनको आन्तरिक तयारीमा जुटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन यता लगातार तत्काल पार्टी एकता टुँगो पुर्याउनेगरि कदम चाल्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रुपमै अल्टिमेटम दिएका छन् । प्रचण्डले आफ्नो गृहजिल्ला चितवनको एक कार्यक्रममा आवश्यकत्ता परे जस्तोसुकै निर्णय लिनपनि तयार छु भन्ने अभिव्यक्ति दिएपछि एमाले नेताहरु अहिले बिच्किएका छन् ।

एमाले शीर्ष नेताहरुले नै तत्काल पार्टी एकता गराउनेगरि गृहकार्य गर्नुपर्नेमा जोड दिन थालेका छन् । हिजोमात्रै बसेको एमाले स्थायी समितिको बैठकले समेत फागुणभित्रै एकता सम्पन्न गर्ने निर्णय गरेको छ । तर त्यो भन्दा पहिले सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । सोही अनुसार दुवै दलले राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतका महत्वपूर्ण पदहरु भगबण्डा गर्न छलफल अघि बढाएका छन् ।

स्रोतका अनुसार माओवादीले प्रधानमन्त्री एमालेलाई दिएपछि राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान लिएको छ । र, उसले राष्ट्रपतिमा अमिक शेरचनलाई अघि सार्ने सम्मको आन्तरिक थालेको गोप्य सूत्रले जानकारी दिएको छ । त्यस्तै, माओवादीले दिनानाथ शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, पार्टीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्नेबारे पनि छलफल अघि बढाएको छ ।

तर, एमालेले आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भन्दै बरिष्ठ नेता झलनाथ खनाललाई अघि सार्ने बुझिएको छ। त्यसैले दुवै दलका शीर्ष नेताहरु यतिवेला प्याकेजमै यी सबै पदको बाँडफाँड गर्नतिर केन्द्रित भएका छन् । प्रधानमन्त्रीसहित सभामुखपनि एमालेको भागमा पर्ने भएको छ । र, माओवादीले उपसभामुख पाउने पक्का छ ।



प्रतिक्रिया दिनुहोस्