Logo

अाेली र प्रचण्डबीच तीन घण्टा छलफल : के सहमति भयाे?



काठमाडौं, २९ माघ । एमाले र माओवादी केन्द्रबीचको एकताले गति नदिइरहेका बेला एमाले अध्यक्ष केपी आली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिव तीन घन्टा एक्ला एक्लै वार्ता भइरहेको छ।

ललितपुरमा भएकाे छलफलमा पार्टी एकता र नयाँ सरकार गठन भएका विषयमा कुराकानी भएकाे थियाे। पछिल्लो समय पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकिरहेका बेला ओली र प्रचण्डबीच गोप्य छलफल भएकाे हाे।

एमालेले पहिला सरकार गठन भएपछि मात्र पार्टी एकता हुने बताउँदै आएको छ भने माओवादीले भने पहिला पार्टी एकता हुनुपर्ने अडान राखेको छ। दुई दलले आफ्नो अडान नछोड्दा पार्टी एकता नै नहुने हो की भन्ने अड्कालबाजी भइरहेका बेला दुई नेताबीच एक्लाएक्लै वार्ता भएकाे हाे।

दुई दलबीच अन्य विषयमा विवाद नभएपनि अध्यक्ष के बन्ने विषयमा भने विवाद छ। माओवादीले एमालेलाई प्रधानमन्त्री र माओवादीले अध्यक्ष पद पाउनु पर्ने बताउँदै आएको छ। तर, एमालेले भने अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री आफैंले पाउनुपर्ने बताउँदै आएको छ।

अध्यक्षमा कुरा नमिलेपछि एमाले उपाध्यक्ष वामदेव गौतमले एकीकरणका विषयमा नयाँ प्रस्ताव अघि सार्दै माओवादीलाई अध्यक्ष र एमालेलाई महासचिव दिनुपर्ने बताएका छन्। उनले अध्यक्ष सेरेमोनियल बनाउने र महासचिवलाई शक्तिशाली बनाउनुपर्ने अवधारणा ल्याएका छन्। केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर आवश्यक परे आफू नयाँ फड्को मार्न तयार रहेको बताएका थिए।

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । प्रचण्ड सचिवालयले दिएको जानकारी अनुसार अध्यक्षद्वयबीच पार्टी एकतालाई टुंगोमा पूर्याउने बिषयमा सकारात्मक कुराकानि भएको थियो । आजको छलफल यसअघि गत साता भएको छलफलको निरन्तरता भएको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्