Logo

ओली–प्रचण्डवीच सरकारको नेतृत्व आलापालो गर्ने सहमति



काठमाडौं, २९ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरि सहमति गरेका छन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको ‘वान टु वान’ वार्तामा सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्नेगरि सहमति गरेको विशेष सूत्रले जानकारी दिएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले गर्नेगरि सहमति भएको हो । ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।

आलोपालो सरकारको नेतृत्वमा सहमति भएपछि यो वीचमा एकतको लागि प्रयास गर्ने नभए पनि गठबन्धन कायम गर्दै अघि बढ्ने पनि ओली र प्रचण्डवीच सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्