Logo

राजीनामाबारे जोखना हेर्दै प्रधानमन्त्री देउवा



काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राजिनामा दिने मनशाय बनाएका थिए । तर, उनी निकटका नेताहरुले तत्काल राजिनामा नदिनको लागि सल्लाह दिएपछि उनी यतिवेला पूनः ज्योतिषको शरणमा पुगेको सूत्रहरुले दाबी गरेका छन् ।

प्रधानमन्त्री देउवाले आजै साँझसम्म राजिनामा दिने मनशाय बनाएका थिए । तर, कांग्रेसकै (उनी निकट) का नेताहरुले तत्काल राजिनामा नदिन सुझाएपछि उनी फागुन ३ गतेसम्म सरकारमै बस्ने भएका हुन् ।

उनको चाहना फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर विदा हुने रहेको छ । तर, कामचलाउ सरकार भएकोले निर्वाचनको पूर्ण परिणाम आईसकेपछि अब पनि सरकारमा बसिरहन शोभनीय नहुने उनकै ‘क्याविनेट कलिग्स’हरुले सल्लाह दिएपछि देउवा प्रजातन्त्र दिवसभन्दा अघि नै राजीनामा दिने मनशायमा पुगेका छन् ।
यद्धपी उनले सरकारबाट विदा कहिले लिने भन्नेबारेमा समेत ज्योतिषीको भर गरेका छन् । तर कतिपय नेताहरुले अब राजीनामा दिनको लागि पनि ज्योतिषको भर नपर्न आग्रह गरेपछि देउवा यतिवेला दोधारमा परेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्