Logo

डिभिजन टु अन्तरगतको चौथो खेलमा नेपालको शानदार जित, केन्या ३ विकेटले पराजित



माघ २९, काठमाण्डौ । आज भएको केन्याविरुद्धको खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको छ ।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको आफ्नो चौँथो खेलमा नेपालले तेस्रो जित हात पारेको हो ।

आजको जितमा बलिङतर्फ लेग स्पिनर सन्दिप लामिछाने नायक रहे भने ब्याटिङतर्फ कप्तान पारस खड्का, अरिफ शेख र रोहित पौडेलको योगदान महत्वपूर्ण रह्यो ।

टस जितेर फिल्डिङ रोेजेको नेपालले लामिछानेको पाँच विकेटको मद्दतमा केन्यालाई १ सय ७७ रनमा समेटेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले रोहितको ४७ खड्का र शेखको समान ४२ रनको मद्दतले खेल तीन विकेटले खाफ्नो पक्षमा पारेको हो ।

शरद भेषवाकरको १९ रन पनि लक्ष भेट्नका लागि महत्वपूर्ण रह्यो । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ९ रन जोडेका थिए भने अर्का ओपनर अनिल शाह पहिलो बलमै क्याच आउट भएका थिए । दिपेन्द्र ऐरीले एक रन मात्रै जोड्न सके ।
सोमपाल काम ३.ले रन जोडेका थिए ।

नेपाललाई अन्तिम ओभरमा ६ रन चाहिएको थियो । पहिलो बलमा रोहितले २ रन लिए । दोस्रो बलमा एक रन जोडे । तेस्रो बल रोहित पौडेल रन आउट भएपछि नेपाल अन्तिममा एक पटक संकटमा परेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका बसन्त रेग्मीले चौथो बल डट खेलो । लगत्तै पाँचौ बलमा २ रन जोडे । र नेपालले खेल जित्यो । नेपालले एक बल खेल्न बाँकी छदै खेल जितेको हो ।

केन्याका रिङ्गेराले तीन विकेट लिए पनि जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको केन्याले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ७७ रन बनाएको हो ।
केन्यालाई समान्य रनमा रोक्न नेपालका लेग स्पिनर सन्दिप लामिछाने एक्लैले पाँच विकेट लिएका थिए । अन्य बलरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा केन्याले सम्मानजनक योगफल तयार गर्न सफल भएको हो ।

सन्दीपले ओपनर एकेक्स ओबान्डा, धिरेन गोन्डरिया, कप्तान राकेप पटेल, रुसान पटेल र ओडियाम्बोको विकेट लिएका हुन् ।
सोमपाल कामी, वसन्त रेग्मी र शरद भेषवाकरले एकएक विकेट लिएका हुन् ।

केन्याका करिमले सर्वाधिक ४२ रन बनाए । त्यसैगरी ओबान्डाले ४१, ओबुयाले २७ र ओडियाम्बोले २४ रनको योगदान दिए ।



प्रतिक्रिया दिनुहोस्