Logo

एकताबारे पम्फा भुषालको खुलासा : भोलि विशेष घोषणा हुन्छ



काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता एवम् नवनिर्वाचित सांसद पम्फा भुषालले एमाले र माओवादीवीचको एकताबारे भोलि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच निर्णायक वार्ता हुने बताएकी छिन् ।

सोमबार साँझ पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै उनले भोलि कुनैपनि बेला अध्यक्षद्धयले गम्भिर छलफल गरेर एकताबारे नयाँ कोर्स लिन सक्ने संकेत गरिन् । उनका अनुसार अहिलेसम्म सबै कुरामा करिब करिब सहमति भएपनि नीति तथा नेतृत्वको बारेमा ठोस सहमति हुन नसक्दा एकतामा ढिलाई भएको हो । तर, भोलिको भेटवार्तामा यी दुवै विषय टुँगो लगाउन विशेष कार्यदल बनाएर अघि बढ्ने उनको विश्वास थियो ।

हुन त आज भएको दुई नेतावीचको ३ घण्टा लामो एक्लाएक्लै भेटवार्तामा करिब करिब एकताको अग्रिम खाका बनिसकेको अड्कलबाजी दुवै दलका शीर्ष नेताहरुले गरिसकेका छन् । उनीहरुवीच नेतृत्वमा आलोपालो हुन सक्ने आँकलन गरिएको छ । यद्धपी त्यसबारेमा भने ठोस सहमति हुन सकेको छैन् ।

आज भएको छलफलको विन्दुबाट भोलि पूनः छलफल अघि बढाईने प्रवक्ता भुषालले विश्वास दिलाईन् । उनका अनुसार आज भएको ओली र प्रचण्डवीचको बैठक निकै सकरात्मक छ ।

त्यसपछि मात्र एकता संयोजन समितिको बैठक बस्नेछ, जहाँ एकतावारे ठोस प्रगति हुन सक्छ । एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्रीको बाँडफाँडमा दुई दलवीच कुरा मिलेको छैन् ।



प्रतिक्रिया दिनुहोस्