Logo

नयाँ सरकार गठनका लागि भोली बाटो खुला हुन्छ : आयोग



फागुन १, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रतिनिधीसभातर्फ समानुपातिक सांसदको नाम सबै दलले पेश गरिसकेको तर केही दलले सच्याउनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै ढकालले तोकिएको प्रतिशत र समुह केही दलले नमिलेकाले ति दललाई दुई दिनभित्र मिलाएर ल्याउन पत्राचार गरिएको बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाले कानुनी व्यवस्थाअनुसार सासंदको नाम नमिलाएको ढकालले जानकारी दिए ।
दलहरुले मिलाएरै पठाउने प्रयास गरे पनि केही अलमलमा परेकाले आयोगले सुझाबसहित पत्र पठाइएको उनले बताए ।

निर्वाचन परिणाम दिनका लागि आयोग आतुर रहेको बताउँदै ढकालले दुई गते बेलुका ५ बजेभित्रमा दलहरुले अन्तिम नाम मिलाएर आयोगलाई पठाएपछि सार्वजनिक गरिने बताए ।
त्यसपछि नयाँ सरकार गठनका लागि बाटो खुल्ने ढकालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्