Logo

पशुपतिमा १२ लाख भक्तजनको उपस्थिती, लागु औषध निषेध



फागुन १, काठमाण्डौ । विहानैदेखि परेको सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको छ ।

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य राजेन्द्रराज उपाध्यायले जानकारी दिए ।

पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

शिवरात्रीको अवसरमा आज उत्साहकासाथ दर्शनार्थीको उपस्थिती निकै बाक्लो उपस्थिती हुने भएकाले ८ वटा उपसमिति बनाएर व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको उनको भनाई ।

यसवर्षको शिवरात्रिमा १२ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने उपाध्यायको दाबी छ । मन्दिर प्रवेश गरेर दर्शन गर्ने ६ लाख र बाहिर घुम्न आउने ६ लाख गरी १२ लाखको हाराहारीमा दर्शनार्थी आउने उनको भनाई छ ।

भारतीय पर्यटकहरु धेरै हुने गरेको उनको भनाई छ । भारतबाट मात्रै २ लाख दर्शनार्थी आउने अनुमान गरिएको उनले बताए ।
पशुपति दर्शनका लागि विहानै चार बजेदेखि खुला गरिएको उनले बताए ।

भाख, धतुरो, गाँजा प्रयोगलाई भने निषेध गरिएको उपाध्यायले जानकारी दिएका छन् । “लागु औषध भएकाले सुरक्षाकर्मीसँगको छलफलपछि निषेध गरिएको हो ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्