Logo

महाशिवरात्रिमा “अनुराग” को टिमद्धारा पशुपतिमा पिउनेपानी वितरण (फोटोफिचर)



काठमाडौं, १ फागुन । एरिका फिल्मसको ब्यानरमा निर्मित अनुराग फिल्मको टिमले आज पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क पिउनेपानी वितरण गरेर समाजसेवा गरेको छ ।
एक भिन्न सांगितिक प्रेमकथा बोक्ने अनुराग’मा किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, रामकुमार के.सीको छायांकन रहेको छ ।

नव नायक समुन्द्र पण्डित र नव नायिका एलिजा गौतमको मुख्य भूमिका रहेको अनुरागको टिमले आज महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा भक्तालुहरुको लागि निःशुल्क पानी बितरण गरेको हो ।

अनुरागको यो टिमको नेतृत्व भने चलचित्रकी निर्मात्री समेत रहेकी नवनायिका गौतमले गरेकी थिईन् । उनका अनुसार आफूहरुको उक्त सेवाबाट भक्तालुहरु निकै खुशी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्