Logo

पानी जहाज कारखानामा विस्फोटमा पाँचको मृत्यु



नयाँदिल्ली, २ फागुन : भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने एक कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

केरला प्रदेशमा मंगलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान मर्मत कारखानामा सो विस्फोटनको घटना भएको हो ।

एउटा विमान मर्मत भइरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय संवाददाताहरूले घटनामा घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।

विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्यास निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।

विस्फोटनको कारण अहिलेसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन् । आगलागी भएको विमानभित्र दुई जना अझै च्यापिएको समाचारमा जनाइएको छ ।

केरलाका मुख्य मन्त्री पिनारायी विजयानले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको शान्तिको कामना गर्नुभएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्