Logo

माओवादीको आकष्मिक बैठक बस्दै, यस्तो छ कारण



फागुन ३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको आकष्मिक बैठक आज बस्दैछ । माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारेमा छलफल गर्न बैठक बोलाइएको नेता दिनानथ शर्माले जानकारी दिए ।

एमालेसँगको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा प्रचण्डले पार्टीभित्रै छलफल चलाउन लागेका हुन् ।
हिजै पार्टी एकता घोषणा हुने भनेर प्रचार गरिए पनि हुन सकेन । कुन मोडालिटीमा एकता गर्ने भन्ने विषय भने सहमति नजिक पुगेको बताइएको छ ।

एकता मोडालिटीको बारेमा पनि प्रचण्डले पार्टीभित्र जानकारी गराउने अनुमान गरिएको छ । अर्कोतिर मोडालिटीमा पार्टीको तल्लो तहसम्मलाई कसरी समेट्ने भन्ने विषयमा सल्लाह लिनका लागि पनि बैठक बोलाइएको हुन सक्ने माओवादी नेताहरुले बताएका छन् ।

एकताका लागि अझै पनि पदीय व्यवस्थापनमा कुरा नमिलेकाले प्रचण्डले बैठकमा छलफल चलाउन लागेका हुन् ।

एमालेभित्रैबाट पनि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको मात्रै पद व्यवस्थापन गरेर पार्टी एकता हुन नसक्ने आवाज उठिरहेको छ।
ओली र प्रचण्डको मात्रै व्यवस्थापन गरेर हुँदैन भनेर एमाले नेता माधव कुमार नेपालले भनिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्