Logo

ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्न राष्ट्रपतिलाई भेट्दै वाम गठबन्धन



फागुन ३, काठमाण्डौ । वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष एमाले अध्यक्ष केपी ओलाीलाई प्रधानमन्त्रीका लागि दाबी प्रस्तत गर्नलागेका छन् । भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्ने तयारी गरेका गरेका हुन् ।

राष्ट्रपतिसँग अहिले बिहान भेटवार्ताको समय निर्धारण गरिएको छ ।
वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

गठबन्धनले सरकार गठनका लागि वाम गठबन्धनको बहुमत पुग्ने जानकारी दिन राष्ट्रपतिलाई भेट्न लागेको एमाले नेता सुवास नेम्वाङले बताए ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ संख्या छ ।
बुधबार नै राष्ट्रपतिलाई भेटेर वाम गठबन्धनले सरकार गठनमा बहुमत दावी गर्ने तयारी भए पनि निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम बुझाउन ढिला गरेकाले भेटवार्ता बिहीबार मात्र तय भएको नेम्वाङले बताए ।

वाम गठबन्धनको दावीपछि राष्ट्रपतिले बिहीबारै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।
झण्डै नौ महिने कार्यकाल पूरा गरी कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नै पदबाट राजीनामा दिँदैछन् ।



प्रतिक्रिया दिनुहोस्