Logo

माओवादी सरकारमा नजानुको तीन कारण



काठमाडौं, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा माओवादी केन्द्रपनि सहभागी हुने भनिएको थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक छलफल गरि तत्काल सरकारमा सहभागी नहुने निर्णय लिए ।

प्रचण्ड निकट स्रोतका अनुसार एमालेसँग पाटी एकता टुँगो नलागेको र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखजस्ता महत्वपूर्ण पदमा भागबण्डाको कुनै टुँगो नलागेको र नयाँ सरकारमा कुन मन्त्रालय कुन पार्टीले लिनेबारेपनि कुनै ठोस सहमति नभएकोले अहिलेलाई सरकारमा सहभागी नहुने निर्णय लिएको हो ।



प्रतिक्रिया दिनुहोस्