Logo

पश्चिमी राकामा सामूहिक चिहान फेला प¥यो



दमासकस, ५ फागुन । सिरियाको राका प्रान्तको पश्चिमी भागमा एक सामूहिक चिहान फेला परेको छ । तीसभन्दा बढी व्यक्ति रहेको यस चिहानमा इस्लामिक स्टेट्स (आईएस) समूहले हत्या गरेका व्यक्ति रहेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएको छ ।

हालका महिनाहरूमा त्यस क्षेत्रमा यस प्रकारको चिहान सेनाले फेला परेको यो तेस्रो पटक भएको बताइएको छ ।

राका प्रान्तमा पश्चिमी भागमा फेला परेको यस सामूहिक चिहान आईएस समूहद्वारा हत्या गरिएका नागरिक र लडाकूहरूको भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ ।

समाचार समितिका अनुसार राथमान शहर नजिकै फेला परेको यस चिहानमा ३४ व्यक्तिको शव फेला परेको छ । गत डिसेम्बरमा पनि राका प्रान्तको पश्चिमी भागमा दुई वटा सामूहिक चिहान फेला परेको थियो । सो चिहानमा १५० भन्दा बढी व्यक्ति फेला परेका थिए । (रासस/एएफपी) 



प्रतिक्रिया दिनुहोस्