Logo

‘सुनकेसरी’ टीजर सार्वजनिक



काठमाडौं, ५ फागुन । चलचित्र ‘आधा लभ’ मार्फत निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित चलचित्र ‘सुनकेसरी’ को टीजर सार्वजनिक भएको छ ।

टीजर निकै डरलाग्दो बनाइएको छ । नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । ‘सुनकेसरी’ हरर फिल्म हो । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रका निर्देशक भने अर्पण थापा हुन् । चलचित्रमा नायिका ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको हो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ ।

फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् । जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्