Logo

गायक रोकायको ‘गोठालो दाई’मा नायिका केकी अधिकारी



काठमाडौं, ५ फागुन । जाजरकोटी गायक टकेन्द्र रोकायको ‘गोठालो दाइ बोलको लोक पप गीत सार्वजनिक गरिएको छ । गायकद्वय रेशम शाहीको शब्द संकलन तथा भद्र वलीको संगीत रहेको गोठालो दाई बोलको गीतले श्रोता तथा दर्शक माझ चर्चा पाउन थालेको छ ।

नेपाली मौलिक शब्द रहेको गीतलाई आकर्षक ढंगले संकलन गरिएको यस गीतका संकलक तथा गायककार रेशम शाहीले बताए । साथै गीत डान्स बिटमा रहेकोले सबैको मनमा बस्न सफल रहनेमा आशाबादी भएको शाहीको भनाई छ ।

आफ्नो पहिलो गीत भए पनि भरपुर मेहनत गरिएकोले श्रोता तथा दर्शकको मन जित्नेमा आफु विश्वस्त रहेको गायककार रोकायले बताए । गीतमा अहिलेकी चर्चित नायिका केकी अधिकारी र मोडल अस्मिक लम्सालको अभिनय छ भने बीर गोर्खाली ब्वाईजको कोरस डान्स रहेको छ । गीतको अडियो तथा भिडियो जनता फिल्मस मार्फत तयार भएको हो ।



प्रतिक्रिया दिनुहोस्