Logo

भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपतिबीच भेटवार्ता



नयाँदिल्ली, ६ फागुन (रासस/सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इरानका राष्ट्रपति हसन रुहानीबीच शनिबार भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहनुभएका इरानी राष्ट्रपतिसँग मोदीले दुईपक्षीय हित र आपसी सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो ।उहाँहरुबीचको वार्ता ऊर्जा, व्यापार र अन्य विभिन्न विषयमा केन्द्रित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

चाबहारमा बन्दरगाह स्थापना गर्ने विषयलगायत भारत र इरानबीच नौ वटा सम्झौता भएका छन् । वार्ता र सम्झौतापछिको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारत र इरानले एक अर्काबाट धेरै कुराहरु सिकेको बताउनुभएको थियो ।

रुहानीले भने दुई पक्षीय हितका लागि अहिलेको भेटवार्ताबाट ठूलो सफलता प्राप्त हुने आशा व्यक्त गर्नुभयो । “हामीले व्यापार, सीमा शुल्क, प्रवेशाज्ञा र विभिन्न आर्थिक र सांस्कृतिक सम्बन्धका बारेमा सकारात्मक छलफल गरेका छाँै”, उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

इरानी राष्ट्रपति रुहानी तीनदिने भ्रमणका लागि बिहीबार भारत आउनुभएको हो ।



प्रतिक्रिया दिनुहोस्