Logo

एकता भएपनि/नभएपनि हामी सरकारमा जान्छौं : खनाल



काठमाडौं, ६ फागुन ।नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुँगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरु पनि सरकारमा सहभागी हुने स्पष्ट पारे ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,‘अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुँगोमा पुर्याउनेगरि छलफल भैरहेको छ।’

नेता खनालले पछिल्ला दुई दिन एकताबारे अवरुद्धको स्थिति देखिएपनि एकताबारे उक्त गाँठो फुकाउन दुवै पार्टीका अध्यक्षद्धय ओली र प्रचण्ड छलफलमा जुटेको सुनाए । उनले भने,‘वाम गठबन्धन निर्माण हुँदै एकता गर्ने भनिएको हो, एकता हुन्छ, यसमा कुनै दुई मत छैन्।’

आफूहरु मुलुकमा बलियो सरकार निर्माण होस् भन्ने पक्षमा रहेकोले सकेसम्म एकता भएर नै सरकारमा जान चाहेको खनालको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्