Logo

भागिरथ चलाउने र बन्दना पाण्डेको स्वरमा ‘बगेको त्रिशुली’



काठमाडौं, ६ फागुन । चर्चित गायक भागिरथ चलाउने र गायिका बन्दना पाण्डेको स्वरमा नयाँ गीत बजारमा आएको छ । गायिका पाण्डे र मोडेल साजन थापाको लोकदोहरी गीत ‘बगेको त्रिशुली’ सार्वजनिक भएको हो । गितमा गायिका बन्दना पाण्डे र भागिरथ चलाउनेको स्वर दिनुभएको छ । गित केही दिनपहिले युटुव मार्फत सार्वजनिक गरिएको हो ।

दिपक शर्माको शब्द संगितरहेको गीत लोकभाकामा गाईएको छ भने छायांकन आधुनिक फेलेबरमा गरिएको छ । कृष्ण शर्माको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा साजन थापा, रेणु तामाङ, सिर्जिती अधिकारी र बेलबहादुर थापाको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्