Logo

ओली–प्रचण्ड वान टु वान पछि, एकता संयोजन समितिको बैठक



काठमाडौं, ७ फागुन । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीचको वान टु वान वार्तापछि आज एकता संयोजन समितिको बैठक बस्ने भएको छ।

माओवादी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार हिजो भएको दुई नेतावीचको भेटवार्ता सकारात्मक रहेकोले आजको एकता संयोजन समितिको बैठकले एकता र सरकारमा सहभागी जनाउनेबारे महत्वपूर्ण निर्णय लिने विश्वास लिईएको छ ।

यद्धपी राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण पदमा भागबण्डा मिल्न अझै बाँकी छ । र, एकीकृत पार्टीले लिने नीतिबारे पनि एकमत हुन सकिरहेको अवस्था छैन।



प्रतिक्रिया दिनुहोस्