Logo

बालुवाटारमा प्रधानमन्त्री ओली र चिनियाँ राजदुतवीच भेटवार्ता



काठमाडौं, ७ फागुन । नेपालको लागि चिनियाँ राजदुत यु होङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्खरै भेटवार्ता गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट भर्खरै ओलीसँग भेटवार्ता गरेर राजदुत यु बाहिरिएकी छिन् । एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले लगातार तीन पटकसम्म भेट गरेकी हुन् । उनको भेटवार्ता द्धिपक्षीय सम्बन्धलाई मजबुद बनाउने र आगामी दिनमा हुने सहकार्यमा केन्द्रित रहेको सूत्रहरुले जनाएका छन् ।

राजदुत युले ओलीसँग डेढ घण्टासम्म कुराकानी गरेकी हुन् ।राजदुत यु बाहिरिएसँगै एमाले र माओवादी केन्द्रवीचको एकता संयोजन समितिको बैठक भर्खरै सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्