Logo

प्राविधिक त्रुटीले मेरो जन्ममिति फरक : गोविन्द केसी



काठमाडौं, ९ फागुन : डाक्टर गोविन्द केसीले आफ्नो सर्टिफिकेटमा प्राविधिक त्रुटीले गलत जन्ममिति भएको स्वीकार गर्दै कसैले छानबिन गर्न चाहे आफूले राजीनामा दिएर सहयोग गर्ने बताएका छन्।

जन्म मितिका विषयमा सामाजिक सञ्जालमा चर्चा भएपछि केसीले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना प्रमाणपत्र सार्वजनिक गरेका हुन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति छानबिन गर्नुपर्ने माग गर्दै आएका केसीले आफूले जस्तै पराजुलीले पनि प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन्।



प्रतिक्रिया दिनुहोस्