Logo

अरु सरकारजस्तो यो सरकार निदाएर बस्दैन : प्रधानमन्त्री ओली



काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी ओलीले सरकारले पुर्णतापाएसँगै मुलुकमा बिकासको मुहान खुल्ने बताएका छन् । उनले दुई दिनभित्र मन्त्रिमण्डल विस्तार हुने पनि बताए ।

काठमाडौंको इन्द्रदहमा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘यो सरकारले पाइला पाइलामा विकास निर्माणका काम गर्नेछ, अरु सरकारजस्तो यो सरकार निदाएर बस्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारले देशको विकास निर्माण अघि बढाउने क्रममा पानीको थोपाथोपा र जमिनको एकएक टुक्राको सदुपयोग गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्