Logo

पौडेलको कडा चेतावनीपछि देउवा ब्याक, आजको बैठक स्थगित्



काठमाडौं, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बोलाएको कार्यसम्पादन बैठक नै स्थगित् गरेका छन् ।

सभापति देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेलले कडा चेतावनी दिएपछि उनी एकाएक ब्याक भएका हुन् ।  सभापति देउवाले आज (विहिबार) का केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका थिए । तर, पौडेलले चेतावनी दिएपछि एकाएक उनी दबाबमा परेका थिए । सोही कारण आज बोलाईएको उक्त बैठक स्थगित गर्नु परेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ ।

नेता पौडेलले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएका थिए । देउवासँग असन्तुष्ट बनेका नेता पौडेलले अब संसदीय बोर्डको औचित्य नै समाप्त भएको भन्दै सबै समिति भंग गर्नुपर्ने बताएका थिए ।

त्यतिमात्रै नभएर पौडेलले बैठक नै बहिस्कार गर्ने चेतावनी दिएका थिए । उनले आफु निकटका नेताहरुसँग परामर्श गरेर बैठक स्थगित गरेका हुन् । पौडेलपक्षका नेताहरुले विधान विपरीत बनाइएको कार्यसम्पादनको बैठकमा नआउने धम्की नै दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्