Logo

केन्द्रमा १८ मन्त्रालय राख्ने एमाले-माओवादीबीच सहमति



काठमाडौँ, १० फागुन । मन्त्रिमण्डल विस्तार तथा पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बालुवाटारमा बसेको आजको बैठकमा केन्द्रमा १८ वटा मन्त्रालय बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरुमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको थियो। त्यसलगत्तै दुई दलको सांगठनिक संरचना निर्धारण तथा राजनीति कार्यदलको बैठक बसेको एक नेताले जानकारी दिए ।

कार्यदललाई एकताका लागि राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्न बैठकले जिम्मा दिएको छ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्