Logo

म मन्त्री बन्नै दौडधुपमा छैन् : महेश बस्नेत



‘३ नम्बर प्रदेशको राजधानी भक्तपुर भयो भने राज्यको दुई अर्ब बचत हुन्छ’ 

काठमाडौं, १० फागुन । नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले प्रदेश नम्बर ३ को राजधानी सबै हिसाबले भक्तपुर नै उपर्युक्त हुने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो कुरा मैले भत्तफुरको तर्फबाट मात्रै भनेको होईन, समग्र ३ नम्बर प्रदेशको तर्फबाट भनेको हुँ, प्रदेशको राजधानी बनाउँदा भौगोलिक सुगमता पनि हेरिनुपर्छ, यसअघि सरकारले गठन गरेको प्राविधिक समितिले पनि सानो ठिमी सिफारिश गरेको थियो, हेटौडा व्यवस्थित् छैन।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बस्नेतले हेटौडा राजधानी हुनको लागि व्यवस्थित् छैन भन्ने कुरामा एकमत देखिएको पनि जिकिर गरे । यद्धपी हेटौडाका सांसदहरुले ठिक छ भन्नु स्वभाविक भएको उनको तर्क थियो । उनले भने,‘सानो ठिमी त राजधानी बन्नकै लागि संरचना भएको छ, राजधानी सानो ठिमी भयो भने राज्यको डेढ देखि दुई अर्ब बचत हुन्छ।’

त्यस्तै उनले भत्तपुरसँगै काभ्रेको पनि चर्चा भएपनि यो ट्राफिक जामको हिसाबले पनि झन्झटिलो हुने तर्क गरे । उनले राजधानी कहाँ राख्ने भन्नेबारे सांसदहरुले विवेकपूर्ण निर्णय लिनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए ।

उनले सकेसम्म आजै नभए भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारे । उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउँछ, सकेसम्म आजै मन्त्रिमण्डल विस्तार हुन्छ, नभए भोलि त पक्का हुन्छ।’

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग अब अनुनय वा विनयको बहाना नचल्ने जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री ओलीसामू अब बहाना चल्दैन, जनतासामू गरेको वाचा अनुसार नै जनमत प्राप्त भएको छ, एमाले र माओवादीबीच एकता गर्छो भनिएको थियो, स्थिर सरकार दिन्छौं र सुख, शान्ति र समृद्धि हाँसिल गर्छौ भनेकोले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गर्नुभयो र सोही अनुसार सरकार गठन भएको छ।’

वर्तमान सरकारले सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धि हाँसिल गर्ने उनको विश्वास थियो । उनले भने,‘अब ढिलासुस्ती सबै हटाउनुपर्छ, डिजिटल नेपाल निर्माण गर्नुपर्छ।’ ओली सरकारको यो पाँच वर्षे कार्यकाल समृद्धिको कार्यकाल भएकोले काम गरेर देखाउनुपर्ने सुझाव दिए ।

त्यस्तै उनले आफू पनि मन्त्री बन्ने संभावना रहेको सुनाए । बस्नेतले भने,‘राजनीति भनेको संभावना हो, म पनि मन्त्री बन्ने संभावना छ, तर म मठ÷मन्दिरभन्दा पनि दिमागमा लागखबत्ती बालेर हिँडछु, त्यसैले मन्त्री हुने दौडधुपमा छैन, यदि मन्त्री भएँ भने ईमानदारपूर्वक जनताको सेवा गर्छु, भईंन भने पनि संसदमा जनतालाई अनुभुति दिलाउनेगरि प्रस्तुत हुन्छ भन्ने म मा विश्वास छ।’



प्रतिक्रिया दिनुहोस्