Logo

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या



काबुल, अफगानिस्तान, ११ फागुन । अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ ।

उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।

बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ ।घटनाबारे अफगानिस्तानका सरकार विरोधी शसस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन ।



प्रतिक्रिया दिनुहोस्