Logo

युवा उद्यमी सौरभ ज्योति उपचारपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज



काठमाडौं, १३ फागुन । ज्योति समूहका निर्देशक तथा स्याकार कम्पनिका अध्यक्ष सौरभ ज्योति ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार गराएपछि आज अपरान्ह डिस्चार्ज भएका छन् ।

मोरक्कोको भ्रमणमा रहेकाबेला देब्रे गोडामा चोट लागेका उनले यसैसाता नेपाल फर्किएर घाइते गोडाको उपचार गराएका थिए ।
चोट लागेलगत्तै मोरक्कोको एक अन्तर्रा्ष्ट्रिय क्लिनिकमा उपचारका लागि पुगेका ज्योति त्यहाँको उपचारबाट सन्तुष्ट हुन नसकेपछि नेपाल फर्किएर ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा उपचार गराएका हुन् ।

ग्राण्डी अस्पताल आएपछि बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेसँगको कन्सल्टेशनपछि सही डायग्नोसिस भएको र उचित उपचार पाएको उनको भनाई छ ।

हाल नेपालमा उपलब्ध डायग्नोसिस, उपचार र प्रोफेसनल सर्भिस बिश्वस्तरको रहेको भन्दै ज्योतिले आफुले बिदेश जाने बिकल्प रहँदा रहँदैपनि नेपालमा नै ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा नै उपचार गराएको बताए ।

ज्योतिको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेको टिम संलग्न रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्