Logo

चेलीबेटी बेचबिखनविरुद्ध मेची–महाकाली अभियान



नेपालगञ्ज, १४ फागुन । मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना ¥याली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको ¥यालीले नेपालगञ्ज बजारको परिक्रमा गरेको थियो ।

¥यालीपछि आयोजित सभामा नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, बाँके जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव र प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मानव बेचबिखन नियन्त्रणमा साझा प्रयास हुनुपर्ने खाँचो आँैल्याउनुभयो ।

माइती नेपालद्वारा पश्चिमको महेन्द्रनगर र पूर्वको झापाबाट शनिबारदेखि अभियान शुरु गरिएको हो । ‘हाम्रो आवाजः चेलीबेटी बेचबिखन मुक्त समाज’ नारा रहेको अभियान नेपालगञ्जमा सम्पन्न भई आइतबारै बर्दियाका लागि प्रस्थान गरेको छ ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार अभियान दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चितवन हुँदै १६ गते हेटौंडा पुग्नेछ । त्यसै दिन पूर्वको झापाबाट शुरु भएको अभियान पनि पूर्व क्षेत्रका जिल्लामा जनचेतना जगाउँदै हेटौँडा पुगेपछि संयुक्तरुपमा अभियानको समापन गरिने छ । रासस



प्रतिक्रिया दिनुहोस्