Logo

टिका पुन र दीपक खड्काको स्वरमा नयाँ गीत-भिडियो सहित



काठमाडौं, १४ फागुन । गीत संगीतहरुको उचित व्यस्थापन गर्दै आएको बिजी ईन्टरनेशनल पा.लिको प्रस्तुतीमा ‘तिमीलाई आफ्नै सम्झे’ बोलको गीत बजारमा आएको छ । चर्चित गायिका टिका पुन र दीपक खड्को स्वरमा रहेको उक्त गीतको भिडियो गायिका तृप्ती खड्का गुरुङको यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यमन प्रतिकको शब्द तथा मोहन केसीको संगीतमा रहेको उक्त गीतको भिडियो निर्देशन राजेन्द्र बिसीले गरेका छन् । राहुल राईले छायांकन गरेको उक्त गीतको भिडियो सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । विजय गुरुङ र सुमित्राको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=qcdplYlNReQ&feature=youtu.be&app=desktop&has_verified=1



प्रतिक्रिया दिनुहोस्